आरम्भ चौतारी लघुवित्तकाे शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तकाे शेयर सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा (मंगलबार) आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएको छ ।

नेप्सेमा आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

त्यसैगरी, नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि ४४८. ०७ रूपैयाँ मूल्य ताेकेकाे छ ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १४:०४