नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलाममा



काठमाडाै । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाममा आएको छ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्वमित्वमा रहेको ति शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो ।

कम्पनीले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता १८ सय कायम गरेको छ । इच्छुक बैंक वित्तीय संस्था र बीमा कम्पनीले मात्र यस लिलाममा आवेदन दिन सक्ने छन् । उनीहरुले साउन १९ गतेसम्म आवेदन दिन सक्ने बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । आवेदन दिंदा न्युनतम १०० कित्ता देखि पुरै ५० हजार कित्ताको लागि दिन सकिने छ । तर माग गरिएको शेयर संख्या १० ले भाग जाने हुनु पर्ने छ ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार ०८:५४