एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफांड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफांड



काठमाडाै । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफांड भएको छ । कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म ६० प्रतिशतको दरले निष्कासन गरेको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर बाँडफांड गरेको हो ।

कम्पनीले हकप्रदमा रितपुर्वक आवेदन दिनेहरुलाई ३६ लाख ८१ हजार ३ सय ५९ दशमलव ५० कित्ता शेयर बाँडफांड गरेको जनाएको छ । आवेदन नपरी बाँकि रहेको १ लाख ६१ हजार ७८ कित्ता शेयर भने कम्पनीले लिलाम गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार ०८:४०