सनराइज बैंकले घर कर्जा ८.९५५ ब्याजदरमा र शेयर धितो कर्जा ९.९५५ ब्याजदरमा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकले घर कर्जा ८.९५५ ब्याजदरमा र शेयर धितो कर्जा ९.९५५ ब्याजदरमा प्रदान गर्ने



काठमाडाै । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिनेव्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८।९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्।

यसै गरी बैंकलेशेयर धितो कर्जामा ९.९५५ ब्याजदरमाकर्जा प्रवाह गर्ने जनाएको छ । कोरोनाले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यलेबैंकले यो योजना ल्याएको हो। कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहक महानुभावहरुले देशका १३४ स्थानमा फैलिएको सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा गरिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १२:४०