अजोड इन्स्योरेन्सको कारोबार कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको कारोबार कहिले ?



काठमाडौं । अजोड इन्स्योरेन्सले जारी गरेको आईपिओ नेपाल स्टक एक्सचेन्जमा दर्ता भएको छ । अजोड इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर र ७० लाख कित्ता संस्थापक शेयर नेप्सेमा दर्ता गरेको हो । अजोडले कोड लिन बाँकी छ ।

निर्जीवन बीमा क्षेत्रका कम्पनीहरुको औसत शेयरमूल्य नै उच्च रहेको तथा नयाँ कम्पनीको रुपमा आएको अजोडमा शेयर पर्ने लगानीकर्ताले समेत उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना देखिन्छ ।

अजोड इन्स्योरेन्सको आईपीओमा २ लाख ७३ हजार भाग्यमानी लगानीकर्ताले दश कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

केही समय अघि मात्रै आईपीओ जारी भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर अहिले ५०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार ०९:२७