उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए



काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका छन् ।

ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । ‘गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका १ जना, काठमाडौंका २ जना, पाटन अस्पतालमा काठमाडौंका ३ जना, स्टार अस्पतालका ललितपुरका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो संगै हाल संक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको छ ।संक्रमित कहाँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १६:५७