नेप्सेमा ३ कम्पनीको २५ लाख कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ३ कम्पनीको २५ लाख कित्ता बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) ३ वटा कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड, समता लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस शेयर सूचिकृत भएको हाे ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १ लाख ७ हजार ८ सय ५१ दशमलव ९० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । यसैगरी, समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९१ हजार ८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख २० हजार २ सय ३१ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १३:३८