बुधबारबाट एक हजार दरका नयाँ नोट बजारमा, यस्ता छन् बिषेशता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बुधबारबाट एक हजार दरका नयाँ नोट बजारमा, यस्ता छन् बिषेशता



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारबाट एक हजार दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । पूरानै गर्भनर डा. चरञ्जीवी नेपालको हस्ताक्षर रहेका यी नोटमा अब एक होइन दुई हात्ती हुनेछन् । सौराहाका राम लक्ष्मण नाम गरेका हात्तीको तस्वीर अंकित गरेर नयाँ नोट बजारमा ल्याउन लागिएको हो ।

राम र लक्ष्मण भनी चिनिने दुर्लभ जम्ल्याहा हात्तीको संकेत नं. ज/६८ ०००००१ ट/१०० ९९९९९९ सम्मको नयाँ हजारको नोट बजारमा ल्याएको हो । राष्ट्र बैंकले एक सूचना जारी गरेर साउन ७ गतेदेखि चलनचल्तीमा ल्याएको नोटमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ ।

नोटको दायाँतर्फ लालीगुराँस र यसैको तल्लो भागमा फरक क्षमता भएका दुष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजारको अंक जनाउने रोमन अक्षर एम लेखिएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार १३:२०