नेप्से १४.९९ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से १४.९९ अंकले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) परिसूचक साताको तेश्रो दिन आज १४.९९ अंकले घटेको छ । १.०२ प्रतिशतले घट्दा परिसूचक १४४९.९४ अंकमा झरेको छ ।

मंगलवारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन कुल रू. १ अर्ब ८७ करोड २२ लाखभन्दा बढीको शेयर खरिदविक्री भएको छ । ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत ०.८३ प्रतिशतले खस्किएको छ ।

मंगलवार कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयरको कारोबार भएको छ । यस दिन कारोबारमा आएको १२ समूहमध्ये व्यापार, होटल, निर्माण तथा प्रशोधन र म्युचुअल फण्डबाहेक अन्य सबै समूहको परिसूचक घटेका छन् ।

मंगलवारको कारोबारमा जलविद्युत् समूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको परिसूचकमा सबैभन्दा कम ०.७ प्रतिशतको कमी आएको छ । यस दिन सबैभन्दा बढी गुमाउनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।

यस कम्पनीको शेयरमूल्य ९.८० प्रतिशतले घटेको छ । घटेको बजारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सबैभन्दा बढी पटक शेयर कारोबार हुने कम्पनीमा पनि एनआईसी एशिया लघुवित्त नै रहेको छ ।

यसैगरी यस दिन हिमालयन डिस्टिलरी कम्पनीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ । कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो ।

सबैभन्दा बढी कित्ता शेयर कारोबार हुनेमा भने एनएमबि बैंक लिमिटेड रहेको छ । कम्पनीको कुल ३ लाख १६ हजार ८३ कित्ता शेयर खरिदविक्री भएको छ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलवार १६:०६