एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच सम्झौता



काठमाडौं । एनएमबि बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहूलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष, विष्णु भण्डारीले हस्ताक्षर गरेका थिए । एनएमबि बैंकले देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ ।

एनएमबि बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार २०:४९