प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त



काठमाडौं । प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिले पोखरेललाई साउन १ गतेदेखि लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् १९९० मा नविल बैंकमा सहायक स्तरबाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले नेपाल एसविआई बैंक, एनसिसि बैंक हुँदै हिमचुली विकास बैंकमा ८ वर्ष सिईओको जिम्मेवारी सम्हालेका थिए । उनीसँग ३० वर्षे बैंकिङ अनुभव छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार १४:०६