नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा पहिरो पीडित नागरिकलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा पहिरो पीडित नागरिकलाई सहयोग



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लाका पहिरो पीडित नागरिकहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नोसामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन् ।

बैंकले उपलब्ध गराएका पालहरूमा पीडितले आश्रय लिन सक्ने भएकाले तत्कालका लागि अत्यावश्यक पाल सहयोग गरेको बैंकले जनाएको छ । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ०८:४७