तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ



काठमाडाै । तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्। बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भई फरार रहेका सिलवाललाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)काे टोलीले पक्राउ गरेको हो ।

बैंकिङ कसुरको मुद्दामा दोषी ठहरगर्दै उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। त्यसयता उनी फरार थिए ।

उनी २०७० असारमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए । तत्कालीन किष्ट बैंक र सिद्धार्थ विकास बैंकका सञ्चालकको मिलेमतोमा जम्को प्रकाशनमा गरिएको शंकास्पद लगानीमा सिलवाल तानिएका थिए ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ०८:३५