प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता हिस्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता हिस्स



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता हिस्स परेका छन् । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने भएको छ । कम्पनीले त्यस वर्षको वित्तीय विवरण एनएफआरएस प्रणाली बमोजिम तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लाभांश प्रस्ताव गर्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।

कम्पनीको साउन २ गतेको सञ्चालक समितिको बैठकले उक्त वर्षको वासलात, नाफानोक्सान तथा आय विवरण र सोहि अवधिको नगद प्रवाह विवरण स्वीकृत गरि बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्ताको हात खाली बनाएको थियो । त्यस अघिको वर्ष २०७३/७४ मा भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ नगद लाभांश दिएको थियो ।

यस कम्पनीले बीमा समितिले तोके बमोजिम रू. १ अर्ब चुक्तापूँजी कायम गर्न ६० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । प्रुडेन्सियलले गत फागुन १८ देखि हकप्रद शेयर विक्री खुला गरेको थियो । चैत ११ गते देशमा लकडाउन घोषणा प्रुडेन्सियलको हकप्रद पनि स्थगित भएको थियो ।

असार १ गतेदेखि लकडाउन सामान्य भएसँगै स्थगित भएको हकप्रद असार ७ गतेदेखि असार १९ गतेसम्म हकप्रद विक्री गरि असार ३१ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुगेको छ ।

प्रकाशित : ४ श्रावण २०७७, आईतवार १३:४४