मर्जरलाई फेरि प्राथामिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्जरलाई फेरि प्राथामिकता



काठमाडाै । नेपाल राष्ट्र बैंकले शुक्रबार माैद्रिक नीति सार्वजनिक गरेको छ । बैंक तथा बित्तिय संस्थामा बाणिज्य बैंकहरु गाभ्ने/गाभिने र २०७९ सम्म गाभ्नेलाई एकीकृत कारोबार गरेमा थप सहुलियत प्रदान गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

वर्ष २०७७/७८ को मौदि्रक नीतिले ठूला बैंकहरुको मर्जर (बिग मर्जर) लाई प्रोत्साहन गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने बताएको हो । अधिकारीले मर्जरमा जानेलाई सुविधा दिइने बताए ।

बैंकहरुलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौदि्रक नीतिको लक्ष्य रहेको भन्दै उनले सुविधा दिएर मर्जरमा लैजाने नीति लिएको बताए । मर्जरका लागि प्रयास नै नगरेको अवस्थामा भने कारबाही हुने उनले बताए ।

मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट दिने, वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने साथै सञ्चालक समितिका सदस्यका कुलिङ पिरियड लागू नहुने लगायतका सुविधा दिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १५:३३