मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारद्धारा सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारद्धारा सम्मानित



काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।

विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (Public and Private Sector ) २. वित्तीय क्षेत्र ३. बीमा क्षेत्र ४. सार्वजनिक क्षेत्र ईकाइ ५. सामान्य क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्तकम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्क्षयको सपथ ग्रहण समारोहमा उक्तपुरस्कार प्रदान गरेको थियो ।

उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १३:०४