काठमाडौं । विपद पत्रकारिता सञ्जाल क्रियाशील पत्रकार महिला तथा वर्नमाउथ युनिभर्सिटी, लण्डनको सहकार्यमा गठन भएको क्रियाशील पत्रकार महिला मिडिया हाउसको सञ्जालले बुधबार डिजिटल संवाद गर्दै अनलाइन सार्वजनिक गरेको छ ।
विपद पत्रकारिता सञ्जालले नेपालमा विपद पत्रकारिता सुदृढीकरणका लागि अन्तर समाचारकक्षहरूको सहकार्य गर्ने तथा विपद पत्रकारिता सञ्जालमा भएका सदस्य संस्थाहरूलाई मार्ग निर्देशन तथा एक आपसमा सहयोग सुदृढीकरण गर्ने उद्देश्यका साथ अघि बढेको छ ।
सञ्जालमा भएका संस्थापक सञ्चार माध्यमहरूको यस सञ्जालले स्थानीय समुदायले विपदमा गर्नुपर्ने तयारीका लागि खोजमूलक लेख, यस सञ्जालले वातावरण (क्लाइमेट), भूगर्भ, जोखिमपूर्ण स्वास्थ्य र महामारी (जस्तैःकोभिड १९)जस्ता क्षेत्रमा काम गर्ने धधव का अध्यक्ष अम्विका राजथलाले जानकारी दिइन ।
विपदका क्षेत्रमा जनचेतना फैलाउने मात्र नभएर यस क्षेत्रमा भएका समस्या, कमी कमजोरी पत्ता लगाउने तथा समाधान, मेलमिलापको लागि समेत हाम्रो रिपोर्टले उल्लेखनीय सहयोग पुर्याउने उनको भनाइ छ ।
कोरोनाको बिपदले पत्रकारहरु समेत बिस्थापनमा परेको बताउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारका लागि ३० लाख बराबरको आपतकालिन कोष खडा गरेको जानकारी दिए ।
आगामी दिनमा महासंघले बिपद जोखिम न्युनीकरणका बिषयमा सहकार्य गर्न इच्छुक रहेको उनको भनाई थियो । यस्तै प्रत्येक वर्ष वाढीपहिरो जस्ता प्राकृतिक बिपदले समुदायमा पारेको प्रभावलाई कम गर्न पत्रकारको भुमिका महत्त्वपूर्ण हुने लेखक कपिल लोहनीले संवादमा बताए ।





Comment