फष्ट माईक्रोफाइनान्सको कामु सीईओको जिम्मेवारी पन्तलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फष्ट माईक्रोफाइनान्सको कामु सीईओको जिम्मेवारी पन्तलाई



काठमाडौं । फष्ट माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कम्पनीलका सहायक प्रमुख कार्यकारी अधिकृत दानराज पन्तलाई दिइएको छ ।

लघुवित्त सञ्चालक समितिको १६६ औं बैठकले साउन १ गतेबाट लागु हुने गरी पन्तलाई जिम्मेवारी दिइएको हो । पन्त ११ वर्षदेखि लघुवित्तमा कार्यरत छन् ।

हाल लघुवित्तमा कार्यरत प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यवधि आजबाट समाप्त हुँदैछ ।

प्रकाशित : ३१ असार २०७७, बुधबार १४:००