प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर र नगद लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर र नगद लाभांश पारित



काठमाडाै । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित बोनस शेयर र नगद लाभांश पारित गरेको छ ।

कम्पनीले असार २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न गरि प्रस्तावित लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७४/ ७५ को मुनाफबाट १२.५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनका लागि ०.६१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

हाल कायम चुक्तापूँजी २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँको आधारमा कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश असार १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश प्रयोजकका लागि असार १९ गते बुक क्लोज गरेको थियो यसर्थ असार १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ३१ असार २०७७, बुधबार १३:४९