आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । आईएमईबाट बैंक खातामा पठाएको रकम तुरुन्तै जम्मा हुने भएको छ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आईएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (रियल टाइम) जम्मा हुने व्यवस्था मिलाइएको आईएमईले जनाएको छ ।

आईएमईका अनुसार देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालभित्रका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा रहेका व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । साथै विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुने आईएमईले जनाएको छ ।

प्रकाशित : ३१ असार २०७७, बुधबार १२:२२ 15 July, 2020 12:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।