‘नबिल डिजी बैंक’ योजना शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

‘नबिल डिजी बैंक’ योजना शुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको छ। बैंक स्थापना भएको दिनको अवसरका रूपमा प्रयोग गर्दै बैंकले आइतबार ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको हो।

भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नबिल डिजी बैंक बैंकभित्रको अर्को बैंक हुनेछ । बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो। त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।’ उनले थपे, ‘३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको थियो। अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने छ ।’ शाहले ६ बर्षमा ‘नबिल डिजी बैंक’ ठूलो हुने र अहिले गरिरहेको बैंकिङ सानो हुने बताए।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा विनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ।

प्रकाशित : २८ असार २०७७, आइतबार १३:३४ 12 July, 2020 1:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।