जनउत्थान सामुदायिक लघुवित्तको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश पारित



काठमाडाै । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सो सभाले आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित लाभांश पनि पारित गरेको छ ।

सभाले चुक्तापुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशतका दरले हुन आउने बोनस सेयर जारी गर्ने र १.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँको १ः२ (अर्थात १ कित्ताबराबर २ कित्ता) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

प्रकाशित : २८ असार २०७७, आईतवार १२:१०