प्रभु क्यापिटल र समृद्धि क्यापिटलबिच एकिकृत कारोबार असार २९ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु क्यापिटल र समृद्धि क्यापिटलबिच एकिकृत कारोबार असार २९ गतेदेखि



काठमाडाै । प्रभु क्यापिटल र समृद्धि क्यापिटल एकआपसमा गाभिई प्रभु क्यापिटलको नामबाट असार २९ गतेदेखि एकिकृत कारोबार हुने भएको छ ।

यी दुई क्यापिटलको गत फागुन ११ गते समपन्न वार्षिक साधारण सभाबाट एक आपसमा गाभिन प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डबाट असार २१ गते गाभिने स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यलयबाट असार २४ गते गाभिने स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्न लागेको हुन् ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार १३:१४