राष्ट्र बैंकले दियो बैंक तथा वित्तिय संस्थालाई यस्तो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

राष्ट्र बैंकले दियो बैंक तथा वित्तिय संस्थालाई यस्तो निर्देशन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई सार्वजनिक विदामा पनि राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्त कम्पनीहरुलाई राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले असार २७ गते शनिबार र सो पछिका जुनसुकै सार्वजनिक विदामा समेत नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा काउन्टर एंवम क्लियरिङ सम्बन्धि कार्य गर्ने सबै काउन्टर लगायतनेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

राजश्व संकलन सम्बन्धि काउन्टहरु बाहेका अन्य शाखाहरु सबैं शाखाहरु भने बन्द नै हुने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ०८:४४ 10 July, 2020 8:44 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।