सिटिजन्स बैंक ऋणपत्र २०८६” नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंक ऋणपत्र २०८६” नेप्सेमा सूचिकृत



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरि उक्त “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” सूचिकरण भएको छ । अब उपरान्त उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ ।

२ अर्ब ५० करोड रुपैयाँ बराबरको (एक हजार रुपैयाँ अंकित मूल्यका २५,००,००० कित्ता ) “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” २०७६ फागुन २० गतेदेखि २०७६ चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो ।

प्रकाशित : २५ असार २०७७, बिहीबार १५:४७