नेप्सेमा ४ वित्तीय संस्थाको बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ४ वित्तीय संस्थाको बोनस शेयर सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा एभरेष्ट बैंकसहित ४ वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

एभरेष्ट बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था, उन्नत्ती लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

४० लाख ३३ हजार ४ सय ३१. ६७ कित्ता, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता, उन्नत्तीको ३ लाख ४० हजार ७ सय ४१.५० कित्ता र श्री एन्भेस्टमेन्टको १ लाख ९० हजार ३ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २३ असार २०७७, मंगलवार १५:४४