सनराइज बैंकमा अब अष्ट्रेलियाबाट अनलाइन रेमिट्यान्स पठाउन मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकमा अब अष्ट्रेलियाबाट अनलाइन रेमिट्यान्स पठाउन मिल्ने



उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने बैंकले आशा गरिएको छ । यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजार रुपैयाँभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुतmनी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्र्याउने बैंक विश्वस्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ । नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु असार २२ गतेदेखि एनआईसी एशिया क्यापिटलमार्फत हुने भएको छ ।

प्रकाशित : २२ असार २०७७, सोमबार १३:१४