मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंक र गण्डकी विकास बैंकको एकीकृत कारोबार सुरू



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु भएको छ । मेगा बैंक लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु गरिएको हो ।

दुवै बैंकको जेठ २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । त्यस्तै, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएका थिए ।

हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रूपैयाँ छ भने गण्डकी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रूपैयाँ रहेको छ । दुवै बैंक एक भएपश्चात चुक्ता पूँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रूपैयाँ पुग्नेछ ।

प्रकाशित : २१ असार २०७७, आईतवार १४:२८