काठमाडाैं । काेरोनाको कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको मृत्यु भएको हाे ।
उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
Comment