कोरोनाका कारण आर्थिक अभावमा परेका परिवारलाई महालक्ष्मी विकास बैंकको राहत वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोनाका कारण आर्थिक अभावमा परेका परिवारलाई महालक्ष्मी विकास बैंकको राहत वितरण



काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका लागि पचास हजार रुपैँयाको आर्थिक सहयोग प्रदान गरेको छ ।

गत सोमबार १६ गते बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछाने ज्युलाई पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास बंैकले लिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता बैंकले एक प्रेस विज्ञप्ती जारि गरेर जनाएको छ ।

प्रकाशित : १८ असार २०७७, बिहीबार १३:१८