आईएफसीसँग एनएमबी बैंकको २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि समझदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आईएफसीसँग एनएमबी बैंकको २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि समझदारी



काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आईएफसीबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ ।

एनएमबि दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी. र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिपि्रजेन्टेटिभ सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको छ ।

यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेछ ।

अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तीकरणमा सघाउ पुर्‍याउन सदुपयोग गरिनेछ ।

प्रकाशित : १८ असार २०७७, बिहीबार ०८:३५