कुमारी बैंकको ३० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको ३० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडाै । कुमारी बैंक लिमिटेडको ३० लाख इकाइ ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंक गत पुसमा निष्कासन गरी बिक्री गरेको ‘१०.२५ प्रतिशत कुमारी बैंक डिबेन्चर–२०८६’ का ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो। कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री खुलाइएको थियो।

यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ।

प्रकाशित : १६ असार २०७७, मंगलवार २१:००