काठमाडौं । सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले यसअघि १ असारदेखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे । सरकारले चरणबद्धरूपमा लकडाउनलाई खोकुल्लो बताउँदै जाने नीति लिएको थियो ।
यो निर्णयअनुसार सार्वजनिक सवारी साधन चल्ने छैनन् भने उद्दार बाहेकका हवाई उडान बन्द हुनेछन् । निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।
त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
Comment