वोमी लघुवित्त वित्तीय सस्थाले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

वोमी लघुवित्त वित्तीय सस्थाले बोलायो साधारणसभा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । वोमी लघुवित्त वित्तीय सस्थाले यस अघि स्थगित भएको आठौं वार्षिक साधारणसभा पुन: आह्वान गरेको छ । कम्पनीले आगामी असार १९ गतेको लागि सभा आह्वान गरेको हो ।

यस अघि कम्पनीले चैत १६ गते साधारण सभा बोलाएकोमा कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले स्थगित भएको थियो । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले २५ प्रतिशत वोनस र कर प्रयोजनको लागि १ दशमलव ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्ने छ । कम्पनीको सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण २ जना गरी ६ जनाको संचालक निर्वाचन गर्नेछ ।

सभामा संचालहरुको बैठक भत्ता पुनरावोलकन गर्ने तथा अरु वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी कार्य गर्न संचालकलाई अख्तियारी दिनेप्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारण सभाको लागि सेयरधनी दर्ता किताब फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बन्द गर्न लागेको छ । फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले लाभाँश पाउन तथा सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार १०:३६ 26 June, 2020 10:36 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।