एनआईसी एशिया लघुवित्तको आईपिओमा साढे २ गुणा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनआईसी एशिया लघुवित्तको आईपिओमा साढे २ गुणा बढी आवेदन



काठमाडाै । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा हालसम्म साढे २ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज बिहिबार बेलुका ५ बजेसम्ममा करिब १ लाख ९९ हजार आवेदकबाट १ करोड १२ लाख कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा साढे २ डेढ गुणा बढी हो ।

कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले असार १४ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।

प्रकाशित : ११ असार २०७७, बिहीबार २०:३७