काठमाडौं । कुवेतले विभिन्न कसुरमा माफी दिएका ३०० जना नेपाली महिलाहरु बिहीबार स्वदेश फर्किएका छन् ।
उनीहरुलाई नेपाली सेनाले राजधानीस्थित विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्याइने छ भने केहीलाई काठमाडौंकै ‘क्वारेन्टिन’मा राखिने छ ।
कुवेतमा अनधिकृतरुपमा रहेका महिलाहरुलाई कुवेत सरकारले आममाफी दिएपछि बिहीबार ३०० महिला स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उनीहरुको आ–आफ्ना जिल्लाअनुसार तय गरिएको साझा यातायातको गाडीमा चढाइएको थियो ।
यसअघि, युएईबाट उद्धार गरिएकाहरुका लागि सेनाको गाडीमा होल्डिङ सेन्टर पुर्याइएको थियो ।
बिहीबार फर्केका अधिकांशको ‘आरडीटी’ र केहीको ‘पीसीआर’ परीक्षण गरिएको थियो ।
सबैको ‘रिपोर्ट नेगेटिभ’ आएपछिमात्रै उनीहरुलाई नेपाल ल्याइएको हो ।
कुवेतबाट उद्धार गरी ल्याइएकाहरुलाई होल्डिङ एरियामा सामाजिक दूरी कायम गरी चेकजाँचपछि उनीहरुको जिल्लामा पठाउने व्यवस्था मिलाइएको छ । तस्विर साभार : गोरखापत्र
Comment