इटालीमा इन्भेष्टमेन्ट बैंकले जित्यो मुद्दा : दुई अर्ब १० करोड रुपैयाँ फिर्ता पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इटालीमा इन्भेष्टमेन्ट बैंकले जित्यो मुद्दा : दुई अर्ब १० करोड रुपैयाँ फिर्ता पाउने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब १० करोड रुपैयाँ फिर्ता पाउने भएको छ।

बैंकले लामो समय पछि तनहुँ हाइड्रोपावरको निर्माणको ठेक्का पाएको इटालियन निर्माण कम्पनी कोपरेटिभ मुराटोरी एण्ड कमेन्टिस्टि (सीएमसी)लाई भुक्तानी गरेको रकम फिर्ता पाउने भएको हो।

बैंकका अनुसार तनहुँ जलविद्युत परियोजनाका लागि इटालियन कम्पनीलाई दिएको काउन्टर बैंक ग्यारेन्टीमा विवाद सूरु भएपछि बैंकको लगानी फसेको थियो।

हाइड्रोपावर परियोजनाको कार्य सम्पादनका लागि ग्यारेन्टी बसेको सिएमसीले विचमै काम छोडेरे हिँडेपछि लेनदेनको विषय नमिलेपछि दुवैपक्षको विवाद अदालतसम्म पुगेको थियो।

मंगलबार इटलीको पुनरावेदन अदालतको तीन जनाको पूर्ण इजलासले बैंकको पक्षमा फैसला गरेसँगै बैंकले उक्त रकम फिर्ता पाउने निश्चीत भएको हो।

यसअघि इटलीको एकल इजलासमा अपिल गरेको थियो तर, सिएसीको पक्षमा फैसला भएपछि पूनरावलोकनका लागि पूर्ण इजलासमा अपिल गरेको थियो।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलवार २१:३४