५९ जिल्लामा फैलियो कोरोना भाइरस, एकैदिन २ सय २६ जना थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

५९ जिल्लामा फैलियो कोरोना भाइरस, एकैदिन २ सय २६ जना थपिए



काठमाडौं । सोमबार थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै ५९ जिल्लाका १ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिए ।

दैलेखमा ४१, कपिलवस्त ४०, सर्लाही ३८, रौतहट १८, कैलाली १४, जुम्ला १९, दाङ ९, बाँकेका ७, सल्यान १०, सुर्खेत ५, सिराह ५, धनुषामा ७, नवरपरासीमा ३, झापा २, महोत्तरीमा २, मकवानपुर १, अछाम १, वैतडी १, कञ्चनपुर १, डोटीमा १, उदयपुर १ जना घर भएका तर हाल जनकपुर बस्ने १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले संक्रमितको संख्या बढे सँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था बढाउनुपर्ने जनाएको छ ।

प्रवक्ता डा. देवकोटाले क्वारेन्टाइनको सम्र्पुण व्यवस्था प्रदेश सरकारको सहयोगमा स्थानियतहले सञ्चालन गराउनु पर्ने र मापदण्ड पुगे नपुगेको वारे अनुगमन गर्न पनि आग्रह गरे ।

देशभर ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण भएको छ भने १ लाख १३ हजार ७ सय ५७ जनाको आरडीटी परीक्षण भएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार १९:५९