बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण : पूर्वअर्थमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण : पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वयनमा सजग हुन सरकारलाई सुझाव दिए ।

पुँजीगत खर्च ओरालो लाग्ने ट्रेन्ड जारी रहेको भन्दै उनले गत वर्षमा पनि २८ प्रतिशतमात्र खर्च हुनुले कमजोर कार्यान्वयन क्षमता देखाएको बताए ।

‘राजश्व ८ खर्ब ९० अर्ब राजश्व उठाउँछु भनिएको छ । चालू खर्च ९ खर्ब ४९ करोड भनिएको छ । यस हिसाबले हाम्रो राजश्वले करिब ६० अर्ब चालू खर्चलाई नै नधान्ने देखिन्छ । राजश्व जम्मै चालू खर्चमा हाल्नु परेपछि त्यसबाट विकासतर्फ लानुपर्ने र पुँजिगत खर्चतर्फ लानुपर्ने पैसा अभाव हुने देखिन्छ’ उनले भने ।

आन्तरिक ऋण उठाएर चालू खर्चतर्फ नलाने अर्थमन्त्रीको भनाइलाई सकारात्मक भन्दै उनले बर्षको अन्त्यमा राजश्व उठेन र चालू खर्च घटेन भने ऋण उठाएर चालू खर्चमा हाल्नुपर्दा प्रतिकूल असर पर्ने बताए । यस्तै विद्युतीय गाडीका कर लाउनुका पछाडि विदेशी मुद्राको सञ्चिती राख्न गरे पनि सच्याउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : १८ जेष्ठ २०७७, आईतवार १३:४६