भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित



काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् ।

नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ ।

नयाँ नक्शामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तह पनि समेटिएको जानकारी दिँदै डा. खतिवडाले भने, ‘यो नक्शा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्शा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्शा अध्यावधिक हुनेछ ।’

भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जान सडक बनाएपछि भारतबाट अतिक्रमित भूभागसहितको नयाँ नक्शा प्रकाशित गर्न सरकारमाथि तीब्र दबाब परेको थियो । भारतीय कदमको नेपालमा सबै पक्षबाट तीब्र आलोचना भइरहेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार २१:००