काठमाडौं । सरकारले काठमाडौंमा आज(बिहीबार)बाट कोरोना परीक्षण गर्ने भएको छ ।
राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा मात्र दश हजार जनाको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ ।
चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ । कोरोना परीक्षणमा कसैला जेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गर्ने बताइएको छ ।
Comment