आइतबारदेखि सरकारी कार्यालय खुल्ने हल्ला मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइतबारदेखि सरकारी कार्यालय खुल्ने हल्ला मात्र



काठमाडौं । आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ ।

कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानहरुमा आवश्यक कर्मचारीमात्र कार्यालय आउने यस अघिको व्यवस्था यथावत छ ।

केही सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरेका कारण कर्मचारी वर्गमा अन्यौल बढेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वैशाख २४ गतेको मन्त्रिपरिषद्को निणर्यानुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउनेछन् ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय भने आंशिक सञ्चालनमा आउनेछन् ।

प्रकाशित : २७ बैशाख २०७७, शनिबार २२:०२