काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी बजेट रोजगारी सिर्जना तथा कृषि क्षेत्रमा केन्द्रित रहेको जनाएको छ ।
संसदको अर्थ समितिले शुक्रबार राष्ट्रिय योजना आयोगसँग गरेको छलफलमा आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले ‘कोभिड–१९’ का कारण उद्योगधन्दा एवं रोजगारी प्रभावित भएकाले आगामी बजेटका प्राथमिकता कृषि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका हुन् ।
यस्तै, आयोगका सदस्य डा। रामकुमार फुँयालले १५औं योजनालाई पुनःप्राथमिकीकरण गरी मानव पुँजी निर्माणमा जोड दिइने बताए । कृषि तथा उद्योग क्षेत्र रोजगारीको प्रमुख आधार भएको भन्दै उनले साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
Comment