लकडाउन १० दिन थपियो, सीमा नाका र हवाइ उडान जेठ १८ गते सम्म बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लकडाउन १० दिन थपियो, सीमा नाका र हवाइ उडान जेठ १८ गते सम्म बन्द



काठमाडौं । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

लकडाउन बढाउने वा नयाँ मोडालिटी अपनाएर सुरक्षित रुपमा जजनीवन सहज बनाउने भन्ने बारेमा छलफल भएपनि भारतमा लकडाउन जारी रहेकाले यस्तो निर्णय भएको हो ।

अन्तर्राष्ट्रीय सीमा नाका भने जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ ।

यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार १४:४५