स्वास्थ्य सामग्री खरिद प्रकरणमा लेखा समितिले थाल्यो छानविन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

स्वास्थ्य सामग्री खरिद प्रकरणमा लेखा समितिले थाल्यो छानविन




काठमाडौं । सार्वजनिक लेखा समितिले ७ दिन भित्र स्वास्थ्य उपकरण खरिद प्रक्रियाका कागजात पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई पत्राचार गरेको छ ।

समितिले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मगाइएका स्वास्थ्य सामग्री खरिदका सन्दर्भमा छानबीन शुरु गरेको हो ।

यसका लागि समितिले मन्त्रालयलसंग सम्बन्धित कागजात बुझाउन माग गरेको आइतबार विज्ञप्ती जारी गरी जानकारी गराएको हो ।

कोभिड—१९ नियन्त्रणका लागि स्वास्थ सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी इन्टरनेशनलसंग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद कार्य अघि बढाएको र पछि रद्ध गरिएको थियो ।

यससन्दर्भमा छानबिन कार्य अगाडी बढाउन आवश्यक देखिएकाले मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा विवरण ७ दिन भित्र बुझाउन पत्राचार गरिएको समितिले जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०७७, आईतवार २१:४४