उद्योग तथा व्यवसायलाई बचाउन माग गर्दै उद्योगीहरु मुख्य सचिबकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

उद्योग तथा व्यवसायलाई बचाउन माग गर्दै उद्योगीहरु मुख्य सचिबकामा




काठमाडौं । निजी क्षेत्रका प्रमुख संस्थाका कोरोना भाइरसको महामारी तथा त्यस पश्चात गरिएको लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा श्रृजित असरहरुका वारेमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराउँदै उद्योग तथा व्यवसायलाई बचाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले लकडाउनका कारण मुलुकका उद्योग, कलकारखाना बन्द भएको,
आपूर्ति व्यवस्था समेत अत्यन्त नाजुक अवस्थामा रहेको र देशको समग्र अर्थ व्यवस्था नै ओरालो लागेकाले उद्योग तथा व्यवसायलाई बचाउन आग्रह गरेका हुन् ।

सो अवसरमा मुख्य सचिवलाई संयुक्त अध्ययन प्रतिवेदन समेत हस्तान्तरण गर्दै वित्तिय नीति मार्फत गरिव, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगारहरुलाई सहयोग गर्न पनि माग गरिएको छ ।

नेपालका उद्योग व्यवसाय बन्द रहेको समयमा कारोवार बन्द रहेकोले कर्मचारीको तलव तथा ज्याला भुक्तान गर्न नसक्ने अवस्थामा रहेको तर्फ समेत मुख्य सचिवको ध्यानाकर्षण गराइएको थिए ।
उद्योगले बन्द रहेको अवधिका लागि ५० प्रतिशत ज्याला भुक्तानी गर्न सक्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदान मार्फत दिनुपर्ने समेत उद्योगी व्यवसायीहरुको माग छ ।

सो अवसरमा मुख्य सचिव रेग्मीले नेपालको अर्थव्यवस्थाको ७० प्रतिशत प्रत्यक्षरुपमा निजी क्षेत्रको योगदान रहेको सरकारलाई ज्ञात रहेकोले यसतर्फ सरकारले गम्भीर भएर नियाली रहेको बताए । “नेपाल सरकार निजी क्षेत्रको चाहाना बुझेर त्यस अनुसारनै नीतिहरु तय गरिरहेको छ, उद्योग व्यवसायलाई धरासायी हुन हामी दिदैनौ ” उनले भने ।

नेपालको आर्थिक बृद्धि दरलाई विगतको जस्तै कायम राख्न नसकिए पनि अन्य मुलुकहरुको तुलनामा तल झर्न नदिने र यसका लागि सरकारले निजी क्षेत्रसंगै सहकार्य गर्न चाहेको समेत उनले बताए । आवश्यक उद्योगहरु चल्न दिने तर्फ सरकार समारात्मक रहेको छ । यस विषयमा छिटै निर्णय हुने सक्ने समेत उनले जानकारी दिएका थिए ।

सो लफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कर्मशका अध्यक्षहरु, तिन वटै संस्थाका वरिष्ठ उपाध्यक्षहरु लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ११ बैशाख २०७७, बिहीबार २०:३८