काठमाडौं । विराटगर स्थित कोशी अस्पतालमा कोरोना संक्रमणको उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।
उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।
कोरोना पोजेटिभ देखिएपनि उनको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भनिन्–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।’
उनीहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको समस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको छैन ।
इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन ।
संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने कुरालाई विचार गरी सोही अनुसारको तयारी भएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामान्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ ।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो । उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ ।
चार महिना अघि नै नेपाल
उनीहरुले प्रहरीलाई दिएको ट्राभल हिस्ट्री अनुसार मंसिर २५ मा रानीहुदै मोरड छिरेका उनीहरु डेढ महिना मोरडका विभिन्न मस्जिदमा बसेको देखिएको छ । त्यसपछि सुनसरीका मस्जिदमा ४० दिन रसुनसरीमा १६ दिन बसेको देखिएको छ ।
उनीहरु सो अबधिमा तीन जिल्लाका विभिन्न मस्जिदमा धार्मिक प्रशिक्षण दिदै हिंडेका थिए । २५ फागुनमा सप्तरीबाट हिडदै फत्तेपुर हुँदै सिबाहीमा रहेको मस्जितमा पाँच दिन बसेको बिताएका छन्।
१२ जनाको समुहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएको छ । उनीहरु चैत १ गते उदयपुरको भुल्केस्थित मस्जिदमा बसेको बताएका छन ।
उनीहरुलाई चैत १२ मा स्थानीय प्रसाशनले विषेश निगरानी राखेको थयो । त्यसअघि उनीहरु कहा कसरी बसेको भन्ने बारेमा प्रहरीले ट्राभल हिस्ट्री लिने काम गरिरहेको प्रदेश प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार कोरोना संक्रमित भेटिएपछि मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो ।
Comment