काठमाडौं पेप्सीकोलाको एक अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडौं पेप्सीकोलाको एक अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण



काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार तीन मध्ये दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।

एकै परिवारका तीन जनामा र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सोमबार पाटन अस्पताल भर्ना गरिएको छ ।

चैत पहिलो साता लण्डनबाट आएका एकै परिवारका बाबु, आमा र छोरीको र्‍यापिड टेष्ट गर्दा पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि अस्पतालले जनाएको छ । पाँच वटा टावर रहेको उक्त अपार्टमेन्टमा ५ सय परिवार बस्दै आएका छन् ।

प्रहरीले उक्त अपार्टमेन्टलाई सील गरेको छ । यसैबीच सोही अपार्टमेन्टमा बस्दै आएका एक युवा काभ्रेको धुलिखेल पुगेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको छ ।

धुलिखेल नगरपालिका–७ सरस्वतीनगरमा रहेको आफ्नै घरमा ती युवालाई राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २ बैशाख २०७७, मंगलवार १३:४९