काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमानी कोषले दुई करोड रुपैयाँ जम्मा गरेको छ ।
कोषले पूर्व राजा ज्ञानेन्द्र शाहबाट उपलब्ध दुई करोड रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गरेको उपचार कोषमा आइतबार हस्तान्तरण गरेको हो ।
हिमानी कोषका कर्मचारीहरु मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझ्नु भएको हो ।
रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोरोना भाइरसको महामारीबाट नेपालीलाई बचाउन सो रकमको सही सदुपयोग होस् भन्ने चाहना पूर्वराजाको रहेको जनाएको छ ।
यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कोषमा गत शुक्रबारसम्म एक अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय ८० रुपैयाँ संकलन भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
Comment