नेपाल आएका तीन जना भारतीयमा कोरोनो संक्रमण देखियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल आएका तीन जना भारतीयमा कोरोनो संक्रमण देखियो




काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको थियो ।

त्यहाँ रिपोर्ट अस्पष्ट भएपछि पुनः टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो ।

वीरगन्जको छपकैयास्थित जामे मस्जितमा बस्दै आएका उनीहरु आफैं स्वास्थ्य परीक्षण गराउन जाँदा शुक्रबारदेखि नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीमध्ये दुई जना उत्तर प्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका उनीहरु लकडाउनका कारण नेपालमा नै रोकिएका थिए ।

प्रकाशित : ३० चैत्र २०७६, आईतवार ११:०४